२०८१ बैशाख, २० बिहीबार

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै : नेपालमा पनि जोखिम

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रामक मानिएको टोमाटो फ्लुबाट पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहेका छन् । भारतमा सयभन्दा धेरै बालबालिका बिरामी भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

केरलामा ८२ र तमिलनाडु राज्यमा २६ जना गरी १ सय ८ जना बालबालिका बिरामी परेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टोमाटो फ्लु पहिलो पटक केरलामा गएको वैशाखमा देखिएको थियो।

भारतमा सङ्क्रमण बढ्दै गएपछि यसको जोखिम नेपालमा पनि बढेको छ। टोमाटो फ्लुको सङ्क्रमणबाट बालबालिकामा हात, खुट्टा र मुखमा रातो फोका देखिने, घाउ, खटिरा तथा ज्वरो आउने, थकाइ लाग्ने र शरीर दुख्नेलगायतका समस्या हुने डाक्टरले बताएका छन् ।

सङ्क्रमितको सम्पर्कमा नजान, शरीरमा खटिरा देखिए नचलाउन, पर्याप्त आराम गर्न र बेलैमा स्वास्थ्य जाँच गर्न पनि डाक्टरले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै