२०८१ श्रावण, १२ शनिबार

लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर, धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौक स्थित ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को. ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा- १ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागुऔषध गाँजा १ के.जि. फेला पारेसगै निजलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ३ मा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले ५३ बर्षीय बल बहादुर कार्कीलाई १ के.जी. ६५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाट स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटर चालक धरान- ८ का २७ बर्षीय सचिन प्रधान र पछाडी सवार षडानन्द नगरपालिका- २ भोजपुरकी २३ बर्षीया प्रतिमा राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै