२०८१ श्रावण, ९ बुधबार

फेदाप गाउँपालिकाले शुरू गर्यो निशुल्क प्राथमिक शिक्षक तयारी कक्षा

फेदाप बाहिरका इच्छुकले पनि तयारी कक्षामा सहभागिता जनाउँन पाउँने

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाले प्रथमिक तह तृतीय श्रेणी पहिलो पत्र परीक्षा २०८१ लाई लक्ष्यित गरी निशुल्क तयारी कक्षा शुरू गरेको छ ।परीक्षाका  लागि तयारी गर्न चाहने तर जिल्ला बाहीर गएर अध्ययन गर्न नसक्नेहरूलाई लक्ष्यित गरी फेदाप गाउँपालिकाले तयारी कक्षा शुरू गरेको शिक्षा शाखा प्रमुख श्री प्रसाद ढकालले जानकारी दिनुभयो । 

उक्त कक्षाका लागि फेदाप गाउँपालिका तथा नजिकका गाउँपालिकाका इच्छुकहरूले अध्ययन गर्न पाउँनेछन । प्रथम पत्रको तयारीका लागि वैशाख २६ गते देखि शुरू भएको कक्षा असार २० गते सम्म सन्चालन गरिनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै