२०८१ बैशाख, २० बिहीबार

गीतकार अम्बिका गुरुङको ‘आँखा लाउँछन्’ युट्युबमा

 पूर्वका लोकप्रिय गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठ र मेलिना राईको स्वरमा रहेको ‘आँखा लाउँछन्’ बोलको गीत युट्युब च्यानलमा पुनः रिलिज भएको छ ।

सो गीत भावसागर इन्टरटेन्टमेन्ट च्यानलमार्फत पुनः रिलिज भएको हो । अम्बिका गुरुङको शब्द, शंंकर थापाको संगीत, उदयराज पौडेलको एरेन्ज र अशोक महर्जनले मिक्स/मास्टर गरेको यो गीतमा नयाँ कलाकार सुप्रिया श्रेष्ठ र निपुन श्रेष्ठको अभिनय रहेको छ ।

उनीहरुको साथमा पूर्वका चर्चित बालकलाकार आयुष गुरागाईं र अंशु गुरागाईंले दमदार अभिनय गरेका छन् । गीतमा क्यामेरामा बुद्ध थापा र कोरियोग्राफी राजीव समरको छ भने भिडियोको निर्देशन सञ्जय बरालले गरेका छन् ।

इन्जिनियर तथा गायकको सर्वनामले परिचित वीरेन्द्र श्रेष्ठको आफ्नै कहानीमा आधार बनाई लेखिएको गीत ‘एक्लो छोरो प्यारो म त गाउँ घरको’, लगायत ‘आउन माया भेटौँन’, ‘शक्ति देउ हे शिव’, ‘लौ है माया सलल’ बोलका गीतहरु गीतकार अम्बिका गुरुङ र गायक श्रेष्ठबीचका साझेदारी हुन् । श्रेष्ठका अरु गीतहरु पनि दर्शक स्रोताको लागि आउने क्रममा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै