२०८१ बैशाख, २० बिहीबार

आठराईको डाँडागाउमा संचालित वडा स्तरीय पुरुष फुटबलको दोस्रो दिन ६ खेल सम्पन्न

नाम्जाङ्ग युथ स्पोटिङ्ग क्लब पुग्यो क्वाटर फाइनलमा

तेह्रथुम आठराई 

तुलसी सिटौला

वडा दशैँ २०८० को अवसरमा तेह्रथुमको आठराई गाउँपालिका वडा नं १ सक्रान्तिबजार डाँडागाउमा १५ गते देखि जारी वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार ६ खेल सम्पन्न भएका छन्। श्री कृष्ण मा.वि. को खेल मैदानमा हाङ्गयाक्पा ह्वाकुले खेलकुद बिकास समिति इवालाइ १-० ले पराजित गर्दै अर्को चरणका लागि आफ्नो स्थान पक्का गरेको हो।

 त्यस्तै आजै भएका अन्य खेलमा ह्यत्रुङ्ग झरना इसिबुले सिंहदेवी fc लाई २-० गोल अन्तरले पराजित गरेको हो। 

तेसैगरी लुङ्गछाता आठराईले आयोजकलाई,YJ YC फेदाप १ ले थोक्लुङ्ग युथ स्पोटिङ्ग क्लबलाई  पराजित गर्दै अर्को चरणमा प्रवेस गरेका हुन। 

आजै भएको अन्तिम खेलमा नाम्जाङ्ग युथ स्पोटिङ्ग क्लबले विपक्षि टिम नआएपछि नेट बल प्रहार गर्दै क्वाटर फाइनलमा प्रवेस गरेको छ।  

तेस्रो  दिनका खेलहरु  असोज १६ गते बिहान ८:३० बजे देखि शुरु हुने आयोजकले जनाएको छ। तेस्रो  दिनको पहिलो खेल कृष्ण मा.वि. दण्डगाउ  vs ह्वाकू निवारे fc बीच हुनेछ। 

१६ गते दिनको २ बजे आठराई गाउपालिका vs फिदिम नगरपालिकाबिचको मैत्रीपुर्ण  भेट्रान्स खेल हुने आयोजकले बताएको छ।  

   

१४ गते देखि शुरु भएको प्रतियोगिता १७ गते बुधवार सम्पन्न हुने  डाँडागाउ खेलकुद युवा समितिका अध्यक्ष मनकुमार फोम्बोले जानकारी दिनु भयो। प्रतियोगिताको विजेताले नगद रू पच्चिस हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रू पन्ध्र हजार सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छ। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै