२०८१ श्रावण, १२ शनिबार

आठराईको खाम्लालुङमा भारतीय दुतावासको सहयोगमा १५ शैयाको स्वास्थ्य भवन बन्ने

तेह्रथुमको आठराई गाउॅपालिका वडा नं २ खाम्लालुङको छोटीबजार छेउमा वडा कार्यालय नजिकै १५ शैयाको स्वास्थ्य भवन बन्ने भएको छ ।४ करोड २३ लाख ६० हजार (भ्याट बाहेक) रकममा उक्त भवन बनिने भएको हो ।भारतीय दुतावासको ८० प्रतिशत र आठराई गाउॅपालिकाको २० प्रतिशत साझेदारीमा उक्त भवन बन्न लागेको हो ।बिहीबार स्वास्थ्य भवन निर्माणका लागि भारतीय दूतावास, संङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आठराई गाउँपालिका बिच त्रिपक्षीय सम्झौता भएको आठराई गाउॅपालिका अध्यक्ष दिल कुमार पाहिमले जानकारी दिनु भयो ।

स्वास्थ्य भवन निर्माणका लागि स्व दिल बहादुर पाहिम(कांग्रजीले) ५ रोपनी निशुल्क जग्गा प्रदान गर्नु भएको छ ।उहॅाले वडा भवन निर्माणका लागि पनि २ रोपनी जग्गा प्रदान गर्नु भएको थियो ।भवन निर्माणका लागि डि पी आर लगायतका सबै काम सम्पन्न भइसकेको र अब केही दिन भित्रमा टेन्डर खुलाई काम अघि बढाउॅने अध्यक्ष पाहिमको भनाई छ ।

भारतीय दुतावासको सहसोगमा एउटा एम्बुलेन्स यस अघि नै प्राप्त भईसकेको र गाउॅपालिकामा सन्चालन भइरहेको छ ।

वडा नं २ को तत्कालीन वडाध्यक्ष भएकै अवस्थामा दिल कुमार पाहिमले एम्बुलेन्स र स्वास्थ्य भवन माग गरेता पनि विभिन्न कारणले गर्दा स्वास्थ्य भवनको भने अहिले सम्झौता गरिएको पाहिमको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै