२०८१ श्रावण, १२ शनिबार

दिदीबहिनी वनभोज कार्यक्रममा ३ जना एकल महिलालाई सम्मान

तुलसी सिटौला (आठराई)

तेह्रथुमको आठराई गाउॅपालिका भित्र रहेका ७ वटा वडाका दिदिबहिनीहरुको वनभोज कार्यक्रममा शनिबार ३ जना दिदीबहिनीहरूलाई  सम्मान गरीएको  छ । तेह्रथुम र पॅाचथरको सिमाना माझिटारमा आयोजित कार्यक्रममा वडा नं.१ निवासी फुलमाया तामाङ,वडा नं.४ निवासी कौशिला  ईङ्नाम र  वडा नं.३ की  तारा बिष्टलाई उहॅाहरुले समाजमा गरेको योगदानको  मुल्यांकन गरी दिदिबहिनी समुहले सम्मान गरेको हो ।

उहॅाहरू तिनै जना एकल महिला हुनुहुन्छ । सम्मानित हुनेहरूलाई दिदीबहिनीहरूले उहॅाहरुले समाजमा गरेको योगदानबारे सबैलाई जानकारी गराउॅदै खादा माला र दोसल्ला लगाई सम्मान गरिएको थियो ।

गाउॅपालिका भित्रका सबै दिदीबहिनीहरुलाई एक ढिक्कामा बाध्ने र आत्मियता बढाउॅदै सहयोगी भावनाको बिकास गराउॅने साथै महिला हिंसा अन्याय र अत्यचारको बिरुद्धमा पनि एक भएर काम गर्ने भन्ने उद्येस्यले पहिलो पटक दिदीबहिनी वनभोज कार्यक्रम आयोजना गरिएको र यसलाई निरन्तरता दिदै जाने आयोजना प्रमूख  सनिशा भेटवालले बताउॅनु भयो ।

कार्यक्रमलाइ थप  हौसला प्रदान गर्न  आठराई  गाउॅपालिका अध्यक्ष दिल कुमार पाहिमले निशुल्क साउन्ड सिस्टमको व्यवस्था गरिदिनु भएको थियो भने ,वडा नं. ४ ईवाका वडा अध्यक्ष खगेन्द्र गुरुङले व्यानर र  वडा नं.३ ह्वाकूका  वडा अध्यक्ष बुद्धिमान गुरुङले केही आर्थीक सहयोग प्रदान गर्नुभएको बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै