२०८१ श्रावण, १२ शनिबार

आठराई गाउॅपालिकाको यो महिनाको घरदैलो स्वास्थ्य उपचार आजबाट शुरू

तुलसी सिटौला(आठराई)

 

तेह्रथुम जिल्लाको आठराई गाउॅपालिकाले गत मङसिर महिनाबाट शुरू गरेको जेष्ठ नागरीक,असक्त,अपाङग, दिर्घरोगी लक्ष्यित घर दैलो अभियान आजबाट शुरू भएको छ । आठराई गाउॅपालिकाका ७ वटै वडाहरूमा एकै साथ शुरु गरिएको अभियान यो हप्ता भरी सन्चालन हुने गाउॅपालिका अध्यक्ष दिल कुमार पाहिमले बताउॅनु भयो ।

सबै वडाका प्रत्येक टोल टोलमा पालै पालो  स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कर्मीहरू पुग्ने भएकाले आफ्नो टोलको पालो कहिले हो भन्ने बारे स्वयंसेविका सॅग सम्पर्क गर्न पाहिमले अनुरोध समेत गर्नु भएको छ ।६० वर्ष माथिका जेष्ठ नागरिकहरूले आफ्नो टोलको नजिकै तोकिएको केन्द्रमा गई आफ्नो स्वास्थ्यको चेक जॅाच गराउॅनु हुन भनिएको छ ।

दिर्घरोगी,असक्त,अपाङगहरूका लागि भने स्वास्थ्य कर्मी घरमै गएर चेक जॅाच गर्ने बताइएको छ ।चेकजॅाच सॅगै आवस्यक औषधि समेत निशुल्क प्रदान गरिनेछ ।

पालिकाबासी  सबै जनतालाई स्वास्थ्यको सहजता प्रदान गर्नका लागि घरदैलो स्वास्थ्य परीक्षण आठराई गाउॅपालिकाले गत मंसिर महिनाबाट मासिक रूपमा गर्ने गरी शुरु गरेको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै