२०८१ बैशाख, २० बिहीबार

युवाहरूको श्रमदान र सुमन हाङस्रोङको आर्थीक सहयोगमा चमेलीको घर निर्माण सम्पन्न

तुलसी सिटौला (आठराई)

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं ५ छातेढुंगा फुङनामकी साहरा विहीन  एकल महिला चमेली कन्दङवाको घर निर्माण सम्पन्न भएको छ । टोल विकास समितिको नेत्तृत्वमा युवाहरूले श्रमदान मार्फत उक्त घर निर्माण गरिदिएका हुन । स्थानीय तथा आठराई भित्रका युवाहरुले घर निर्माणमा श्रमदान गरेका थिए । घर निर्माणका लागि आवस्यक काठ र जस्ता लगायतका सामग्रीहरू आठराई गाउँपालिका २ खाम्लालुङ घर भई हाल दक्षिण कोरीयामा कार्यरत सुमन हाङस्रोङले ८४ हजार बराबरको सहयोग गर्नुभएको थियो ।

शुक्रवार एक कार्यक्रम गरी युवाहरुले चमेलीलाई घर हस्तान्तरण गरेका हुन। नयॉ घर बने सँगै चमेलीको मुहारमा खुसि छाएको छ । घर निर्माणमा सहयोग गर्ने सबैलाई चमेलीले धन्यवाद दिइन । 

घर हस्तान्तरण कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष विष्णुप्रसाद ओली, वडा नं १ का वडाध्यक्ष प्रेमराज लिम्बु,वडा नं २ का वडाध्यक्ष भीम काजि चोङवाङ,वडा नं ४ का वडाध्यक्ष खगेन्द्र गुरुङ,नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोला लगायत स्थानीय र श्रममा खटिने युवाहरूको उपस्थिति थियो । 

सोही अवसरमा आठराई ६ चुहानडॉडॉ निवासी जमुना बास्कोटाले ६ हजार बराबरको  चमेलीलाई सुत्नका लागि सिरक,डस्ना, सिरीनी र लगाउने लुगा एक सेट  प्रदान गर्नुभएको थियो ।

 

एकल महिला चमेलीको जि्र्ण अवस्थामा रहेको फुसको छानो भएको घरको अवस्थालाई देखेर फुङनाम टोल विकास समितिका अध्यक्ष शुशिल कन्दङवाको नेतृत्वमा उक्त घर निर्माण सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै