२०८१ बैशाख, २० बिहीबार

दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङकपमा क्वाटर फाइनलका ३ खेल सम्पन्न

आठराई गाउपालिका,प्रगतिशील तमु,र छथर जोरपाटी धनकुटा सेमिफाइनलमा प्रवेश

तुलसी सिटौला (आठराई)

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाक्री गुफामा फागु १८ गते देखि सन्चालन शुरू भएको दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङ कपको आज चौथो दिन सोमबार  खुल्ला पुरूष फुटबल तर्फका क्वाटर फाइनलका  ३ खेल सम्पन्न भएका छन । आज भएको पहिलो खेलमा आठराई गाउपालिकाले  नवकोपिला खामलालुङलाई ४-२ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। त्यस्तै दोस्रो र तेस्रो खेलमा प्रगतिशील तमु समाज ह्वाकु र छथर जोरपाटी धनकुटा विजयी भए। प्रगतिशिल तमु समाजले इवालाई पेनाल्टीमा ४ का विरुद्ध ५ गोल गर्दै सेमिफाइनल पुगेको हो भने छथर जोरपाटी धनकुटाले क्रेजी टाइम सक्रान्तिबजारलाई शुन्यका विरुद्ध ३ गोल गर्दै सेमिफाइनलमा आफ्नो भेट आठराई गाउपालिकासंग पक्का गरेको हो। क्वाटर फाइनलको अन्तिम खेल फेदाप गाउपालिका vs वडा नं २ खाम्लालुङ बिच २२ गते हुनेछ।  

फागुन २२ गते खुल्ला गाउपालिका स्तरीय पुरुष भलिबल  प्रतियोगिताका सेमिफाइनलका खेल हुनेछन। पहिलो सेमिफाइनल आठराई गाउपालिका vs वडा नं २ खाम्लालुङ र दोस्रो खेल फेदाप गाउपालिका vs खेलपुर बीच हुनेछन।  

दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङकपमा खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता,खुल्ला गाउँपालिका स्तरीय पुरूष भलिबल प्रतियगिता र आमन्त्रित साँस्कृतिक कार्यक्रम साथै राष्ट्रिय स्तरका गायक गायिकाको प्रस्तुति समेत रहनेछ ।

 मेला व्यवस्थापन समितिको आयोजना तथा आठराई गाउँपालिकाको आर्थीक सहयोगमा फागुन २५ गते सम्म सन्चालन हुने प्रतियोगिता अन्तर्गत खुल्ला पुरूष फुटबल तर्फ प्रथम हुनेले रू १ लाख ५० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले रू १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै खुल्ला महिला फुटबल तर्फ प्रथम पुरस्कार रु ६० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ४० हजार ट्रफी मेडल र प्रमाण पत्र र खुल्ला गाउँपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको विजेताले ८० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र उपविजेताले ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत धान नाच तर्फ प्रथम पुरस्कार रु १५ हजार र दोस्रो पुरस्कार रू १० हजार तोकिएको छ । आमन्त्रीत नृत्य प्रतियोगिता तर्फ प्रथम हुनेले १५ हजार,द्वितिय हुनेले १० हजार र तृतियले रू ५ हजार प्राप्त गर्नेछन ।

खुल्ला पुरूष तथा महिला रनिङ कप फुटबल,खुल्ला पालिका स्तरीय पुरूष भलिबलका  साथै फाल्गुन २४ गते वृहत आमन्त्रित सॉस्कृतिक कार्यक्रम हुने भएको छ ।वृहत सॉस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने बताईएको छ । 

जसका लागि गायक सुगम पोख्रेल, गायिका एलिना चौहान,बाल गायिका रुक्सना लिम्बु र मोडेल तथा हास्य कलाकार पुष्पान्जलि तिलिङ लिम्बु (चाप्पेतिको आमा) साथै कार्यक्रम प्रस्तोता सम्झना योङहाङ आउँने गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै