२०८१ बैशाख, २० बिहीबार

आहाले बजार मेलाको उपाधी:पुरूष तर्फ सम्दु एफ सी र महिला तर्फ आयोजकलाई

समापन शत्रमा आयोजकले गर्यो महिला राष्ट्रिय खेलाडी अनु बस्नेतलाई सम्मान

याक्थुङ कुरूङबाङ सङजुम्भो जिल्ला कार्य समिति र फेदाप कार्यसमितिद्वारा आयोजित ऐतिहासिक आहालेबजार मेला २०८० को खुल्ला पुरूष फुटबलको उपाधी सम्दु एफ सी ले हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा थ्री स्टार जलजलेलाई एकका विरूद्व तीन गोल गर्दै सम्दु एफ सू ले उपाधी जितेको हो । उपाधी सँगै  सम्दुले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता थ्री स्टारले नगद ३० हजार,मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

सम्दु एफ सी का लागि रोशन बस्नेतले २ गोल गरे भने १ गोल रोशन राईले गरेका थिए  । थ्री स्टारका लागि पर्वत लिम्बुले  सानत्वना गोल फर्काए ।

 

त्यस्तै बिहीबार नै सम्पन्न खुल्ला महिला फुटबलको उपाधी आयोजकले हात पारेको छ । फाइनलमा मुनाल जलजलेलाई ट्राइवेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी जितेको हो । निर्धारीत समयमा दुबै टीमबाट गोल हुन नसके पछी नतिजा ट्राइवेकर मार्फत निकालिएको थियो ।उपाधीसँगै आयोजकले ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता मुनालले १५ हजार, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

मेलामा खुल्ला पुरुष तथा महिला फुटबलका साथै वृहत सॉस्कृतिक कार्यक्रम सन्चालन गरीएको थियो । सॉस्कृतिक कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता,आमन्त्रित च्याब्रुङ नाच,आमन्त्रित धान नाच, आमन्त्रित हाक्पारे साम्लो र खुल्ला छेलो प्रतियोगिता सन्चालन गरीएको थियो ।

याक्थुङ कुरूङबाङ सङजुम्भो जिल्ला कार्य समिति र फेदाप कार्यसमितिले मेलाको अवसरमा नेपाली महिला राष्ट्रिय खेलाडी अनिता बस्नेत अनुलाई सम्मान समेत गरेको थियो। 

फागु पूर्णिमाको अवसरमा याक्थुङ कुरूङबाङ सङजुम्भो जिल्ला कार्य समिति र फेदाप कार्यसमितिद्वारा आयोजित ऐतिहासिक आहालेबजार मेला २०८० चैत्र ११ गते शुरु भै १५ गते भव्यताका साथ् सम्पन्न भएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै