२०८१ बैशाख, २० बिहीबार

ऐतिहाहिक आहाले बजार मेला २०८० को उपाधिका लागि सम्दु एफ सि र थ्री स्टार जलजले भिड्ने

चैत्र १४ गते वृहत सास्कृतिक कार्यक्रम हुदै,फाइनल खेल १५ गते

याक्थुङ कुरूम्बाङ सङजुम्भोद्वारा सन्चालित ऐतिहासिक आहाले बजार मेला २०८० फेदाप १ सिम्लेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि  सम्दु एफ सि र थ्री स्टार जलजले भिड्ने भएका छन्। आज भएको सेमिफाइनलमा सम्दु एफ सीले  खेलकुद विकाश समिति इशिबुलाइ शुन्यका विरुद्ध १ गोल गर्दै फाइनल यात्रा तय गरेको हो। त्यस्तै दोस्रो सेमिफाइनलमा थ्री स्टार जलजलेले फेदाप एफ सी लाई शुन्यका विरुद्ध दुइ गोल गर्दै फाइनल प्रवेश गरेको हो। यस प्रतियोगिताको विजेताले नगद रु ५० हजार,ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नदाद ३० हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। 

त्यतै खुल्ला महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलबाट फेदाप एफ सि लाई पराजित गर्दै  मुनाल जलजले फाइनल प्रवेश गरेको  छ । महिला तर्फको एउटा सेमिफाइनल भने हुन बाकी रहेको छ। विजेताले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। 

खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको फाइनल चैत्र १५ गते हुनेछ। 

चैत्र १४ गते भने आहाले बजार मेलामा वृहत सास्कृतिक कार्यक्रम सन्चालन गरिने मेला आयोजक समितिका अध्यक्ष जगत बहादुर  कुरुम्बाङले जानकारी दिनु भयो। सास्कृतिक कार्यक्रममा खुल्ला लोक नृत्य प्रतियोगिता,आमन्त्रित धान नाच प्रतियोगिता,आमत्रित च्याब्रुम नाच प्रतियोगिता, हाक्पारे साम्लो र खुल्ला छेलो प्रतियोगिता सन्चालन हुनेछन। 

चैत्र ११ गते देखि संचालन शुरु भएको प्रतियोगिता १५ गते सम्पन्न हुने याक्थुङ कुरूम्बाङ सङजुम्भोका केन्द्रिय सदस्य रमेश कुरूम्बाङ र जिल्ला कार्य समिति अध्यस्क्ष किरण प्रकाश  कुरूम्बाङले बताउनु भयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै