२०८१ श्रावण, १२ शनिबार

पुरानागाउँका आगलागी पीडितलाई दक्षिण कोरीयाबाट आपतकालीन राहत प्रदान


आठराई गाउँपालिका वडा नं १ सक्रान्तिबजार पुरानागाउँका आगलागी पिडीत देबी प्रशाद गौतम र फरिन्द्र गौतमलाई मंगलबार दक्षिण  कोरियाबाट सुमन हाङस्रोङकाे सक्रियतामा  आपतकालीन राहत प्रदान गरेको छ।  तत्कालीन राहत स्वरुप बिस्थापित दुई घरपरिवारलाई नगद  रु ६०हजार २३५ का दरले  नगद साथै   चामल ५० \ ५० के जि ,ग्यास चुलो १\१ सेट, सीलीनडर १\१ थान, बाल्टी आरी १\१ थान प्याज ३\३ केजी   ,आलु ५\५  के जि ,तेल १ \१ काटोन  ,नुन २   के जि,१\१ केजी ,,सिरक ,डसना, सीरानी ,१\ १ थान , राइस कुकर १\१ थान ,बच्चाको कपडा १ सेट, दाल ५\५ केजी, चिनी ३\३ केजी, मसला ७५० ग्राम दुई प्रकारको, लगायत ५७हजार बराबरको विभिन्न खाद्यान्न गरी जम्मा १ लाख ७७  हजार ४६५  रुपैया प्रदान गरिएको। १न वडाअध्यक्ष प्रेमराज फोम्बोले  बताउनु भयो।

१ न वडाअध्यक्ष प्रेमराज फोम्बो, वडा सदस्य ,समाजसेबी योगेस इंगनाम चेतन गौतम ,   तथा प्रतिनिधि तथा स्थानीय बासीको उपस्थितिमा उक्त राहत वितरण गरीएको हो। 

शनिबार   आगलागीका कारण तिन घर र एक  गोठ जलेर नष्ट भएका थिए । देबी प्रसाद गौतमफरिन्द्र गौतमगोबिन्द गौतम, र बालाराम गौतम सहित तिन  घर जलेर नस्ट भएको थियो । मध्यान्हबाट खामारे सिंह देवी सामुदायीक वनमा लागेको आगो बस्तीमा पसेपछि करिव ३:३० बजे  उक्त आगलागी भएको थियो । प्रहरीको प्रारम्भिक सर्वेक्षण अनुसार आगलागीबाट अन्नपात,भाडाकुडा,लत्ताकपडा  घर र गोठ गरी  १ करोड २०  लाख वरावरको क्षती भएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै