२०८१ श्रावण, १२ शनिबार

पुरानागाँउका अग्नी पीडितलाई आठराई गाउँपालिकाद्वारा राहत प्रदान

आठराई ,चैत्र १३ गते सविता भण्डारी  आठराई गाउँपालिकाको वडा नं १ संक्रान्तिबजार पुरानागाउँमा भएको आगलागी पीडितलाई आठराई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । नगद जिन्सी सहित राहत सामग्री अग्नि पीडितलाई सहयोग गरेको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो ।अग्नि पीडित गोविन्द गौतमको परिवारलाई नगद रु,३० हजार नगद सहित खाद्यान्य चामल ५०के. जी ,दाल ५ के. जी ,नुन २के. जी , मसला ७५० ग्राम ,खाने तेल १० लिटर, चाउचाउ १ कार्टुन,प्याज २ के. जि , चिनी २ के. जी , सिरक, डस्ना,तन्ना,सिरानी १ सेट १८/२४ को त्रिपाल १ थान राहत प्रदान गरिएको हो ।

त्यसैगरी आठराई गाउँपालिका वडा नं २ लिङदिन(हाल दोहा कतार)निवासी समाज सेवी विजय हाङस्रोङ लिम्बुले पनि अग्नी पीडित परिवारलाई चामल २५ के. जी. ,तेल २ पोका र दाल १ के.जी प्रदान गर्नु भएको छ। राहत वितरण आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज ईङ्नाम, प्रमुख प्रशासकीय अधिकृत निरज शर्मा १नं.वडाअध्यक्ष प्रेमराज फोम्बो, तथा प्रतिनिधि तथा स्थानीय बासीको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो।

चैत ३ गते लागेको आगलागीका कारण तीन घर र एक गोठ जलेर नष्ट भएका थिए। देवीप्रसाद गौतम, फडिन्द्र गौतम, गोविन्द गौतम र बलराम गौतमका सहित तीन घर जलेर नष्ट भएका थिए । मध्यान्नबाट खमारे सिंहदेवी सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछि करिब ३.३० बजे उक्त घटना भएको थियो । आगलागीबाट क्षति अन्नपात , भाँडाकुँडा, लत्ता कपडा गरी प्रहरीको प्रारम्भिक अनुसन्धन अनुसार घर गोठ गरी १ करोड २० लाख बराबरको क्षति भएको जनाइएको छ।दुई घर परिवारलाई घटनाको भोलि पल्ट नै राहत उपल्ब्ध गराइएको र गोविन्द गौतमको परिवारलाई चैत १३ गते मंगलबार राहत प्रदान गरिएकोको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै