२०८३ असोज, ११ आइतबार

पूर्व प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा..........

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दिइएको छ ।

कांग्रेस नेता तथा पूर्व सांसद अभिषेकप्रताप साहले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत महानगरीय प्रहरी वित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन् ।

नेता साहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारी पत्र बुझाएका हुन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने बताए ।

पूर्वप्रधानमन्त्री प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑