तेह्रथुमका अधिकांश गाउँ–बस्तीमा दशैं–तिहारको रमझमसँगै देखिने लिङ्गे र रोटे पिङ्गको परम्परा बिस्तारै लोप हुँदै........
सुजन ढकाल
तेह्रथुमका अधिकांश गाउँ–बस्तीमा दशैं–तिहारको रमझमसँगै देखिने लिङ्गे र रोटे पिङ्गको परम्परा बिस्तारै लोप हुँदै गएको छ।
पहिले दशैं सुरु हुनासाथ टोलटोलमा युवाहरूले पिङ्ग ठड्याउने, रमाइलो गर्ने परम्परा रहँदै आएको थियो। तर अहिले विदेश रोजगारी र सहरमुखीकरणका कारण गाउँमा युवाहरूको कमी हुँदा पिङ हाल्ने चलन प्रायः हराएको देखिन्छ।
त्यस्तै, तिहारमा घर–घरमा गुञ्जिने देउसी–भैलोका गीत र खेल पनि पहिलेको जस्तो देखिँदैन। मोबाइल, इन्टरनेट र प्रविधिप्रतिको मोहले परम्परागत संस्कारहरू पछि पर्न थालेका स्थानीयहरूको भनाइ छ।
संस्कृति र परम्परा जोगाउनका लागि स्थानीय निकाय र समाजले चासो नदिए दशैं–तिहारको मौलिक पहिचान नै हराउने खतरा देखिएको छ।





प्रतिकृया दिनुहोस