२०८१ श्रावण, १२ शनिबार

मध्यपहाडी राजमार्ग पीच गरेको वर्षदिन बित्दा पनि हटाइएन गिटी

दुर्घटनाको जोखिम दिनानुदिन बढ्दै

तेह्रथुम आठराई 

तुलसी सिटौला 

मध्यपहाडी राजमार्ग पॅाचथरको चिवा भन्ज्याङ देखि दार्चुलाको झुलाघाट अन्तर्गत आठराईको डॅाडागाउॅ देखि फेदापको इशिबु पन्चमी सम्मको बाटो पीच भएको एक वर्ष भइसकेको छ । पीच गरेको वर्षदिन बित्दा पनि पीच पछि विछ्याईएको गिटी भने त्यतिकै छोडिएको छ । 

जसले गर्दा दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटना हुने अवस्था सृजना भएको छ ।प्राय यो सडक भएर हिॅड्ने मोटरबाइकहरू दुर्घटना नभएको सायदै होलान । पीच सडक भएकोले गति पनि केही बढी हुने र विपरीत दिशाबाट ठुलो सवारी आउॅदा साइड दिन गिटीमै पुग्ने भएकाले बाइक अनियन्त्रित भएर दुर्घटना हुने गरेका छन्। सडकको बिचमा मात्रै गाडी कुदेकोले गिटी दायॅा र बायॅा पन्छिएको छ ।

 एल लाइट कम्पनि काठमान्डौले ठेक्का लिई पीचको कार्य गरेको हो भने वाल र नालीको काममा अरू पनि कम्पनीहरु रहेका छन् ।सम्झौताको अवधी आगामी जेठमा सकिने बुझिएको छ ।सम्झौताको अवधी सकिनु भन्दा केही समय अघि सडक सफा गरेर हस्तान्तरण त कम्पनीले गर्ला तर त्यतिन्जेल सम्म दुर्घटना बढ्ने पक्का छ ।

त्यसैले सडक तत्काल सफा गरी सम्भावित दुर्घटना कम गराउॅन निर्माण कम्पन्नीलाई दवाव दिनु जरूरी छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै