२०८१ बैशाख, २० बिहीबार

गृहमा एमाले र रास्वपाको दाबी, मिलाउने जिम्मा ओली लाई

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गृह मन्त्रालय कसले लिने भन्नेमा रस्साकस्सी चलेको छ । बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। 

एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले छलफल गरेर गृह कसले लिने मिलाउनुहोस्, माओवादीको दाबी छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।  रास्वपा सभापति गृह मन्त्रालय पाए आफू नै सरकारमा जाने तयारीमा रहेको स्रोतको दाबी छ। तर एमालेले गृह आफूहरूले पाउनुपर्ने बताइरहेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै