२०८१ जेठ, ४ शुक्रबार

तेह्रथुमको आठराई ३ ह्वाकुमा अस्थाई प्रहरी विटको स्थापना

तेह्रथुम जिल्लाको  आठराई गाउँपालिका वडा नं.३ ह्वाकुमा अस्थाई प्रहरी बिट स्थापना भएको छ। शान्ति सुव्यवस्था चुस्त राख्नका लागि आठराई गाउपालिकाको पहलमा उक्त विट स्थापना भएको हो। ह्वाकुको ठुटेबर स्थित रेडक्रस भवनमा शनिवार एक कार्यक्रम गरी प्रहरी विटको औपचारिक उद्घाटन गरिएको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख बद्रि दाहालले जानकारी दिनु भयो। 

असहीको कमाण्डमा सात जना रहने गरी स्थापना गरिएको प्रहरी विटको औपचारिक उद्घाटन  कोशी प्रदेश  पूर्व भौतिक पुर्वाधार बिकास मन्त्री माननीय दुर्गा प्रसाद चापागाँई(सचिन) ले गर्नुभएको थियो। 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जि.स.स.गुमान सिह ईस्वो,आठराई गा.पा.अध्यक्ष दिल कुमार पाहिम,उपाध्यक्ष वलीराज ईङ्नाम, जि.प्र.का.तेह्रथुमका प्रमुख प्र.ना.उ.राजन चापागाँई , स.प्र.ना.उ.लाल बहादुर चन्द, रा.अ.का.तेह्रथुमका सबिना राई, ले.नि.का.तेह्रथुमका प्रमुख कृष्णबाबु रिजाल, प्र.प्र.अ.आठराई गा.पा. निरज शर्मा,आठराई गा.पा.का ७ वटा वडाका वडाध्यक्षहरु,प्र.नि.बद्री दाहाल , स.प्र.नि.देबेन्द्र मैनाली , इलाका प्रशासन कार्यालय .आठराईका प्रमुख महान्द प्रसाद रिजाल,तेह्रथुम बहुमुखी क्याम्पसका  गणेश विमली,सरस्वती मा.बि.का प्रमुख अकल बहादुर लिम्बु लगायत स्थानीय बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै