२०८१ बैशाख, २० बिहीबार

मन्त्रिमण्डल पुनर्गठन, तीन मन्त्रीले लिए सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। राष्ट्रपति पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका हुन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे सहभागी थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै