तेह्रथुमको छतेढुङ्गामा लागेको दिपावली मेलाको उपाधी आठराइ गाउपालिकालाइ ...........
तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गामा जारी भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप पुरुष फुटबल र महेन्द्र कन्दङवा स्मृति महिला फुटबल प्रतियोगिता र भलिबल खेल सम्पन्न भएको छ।
महिला तर्फ म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमले होटल माउन्टेन आठराईलाई १–० ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो। निर्णायक गोल एलेक्स गुरुङले गरिन्।
पुरुष तर्फ आठराई गाउँपालिकाले लाफा एफसीलाई १–० ले पराजित गर्दै उपाधि जित्यो।
आजै भएको भलिबल फाइनल खेलमा हिलिहाङ पाँचथर र झापा गाउपालिका बिचको खेलमा हिलिहाङले उपाधी चुमेको छ ।
विजेताले रु. १ लाख ७५ हजार र उपविजेताले रु. १ लाख २५ हजारसहित तीन वर्षे रनिङ कप प्राप्त गरेका छन ।





प्रतिकृया दिनुहोस