तेह्रथुमको आठराईमा लाग्ने भुमिराज मेला सम्पन्न....
सुजन ढकाल
तेह्रथुमको आठराइ गाउँपालिकका वडा नं ५ भित्रीयामा २०६४सालदेखि लाग्दै आएको मेलाको असार ६ गते उत्घाटन भइ असार ११ गते सम्पन्न भएको छ।

आठराइ गाउँपालिकका उपाध्यक्ष बलिराज इङनामको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।
साथै अतिथिको रुपमा इलाका प्रहरी,सस्त्र प्रहरी बेस क्याम्प आठराइ,वडा न ५ वडाध्यक्ष, वडा न १ वडाध्यक्ष तथा बिभिन्न राजनितिक दल,समाजसेबि बुद्दिजिबी लगायतको उपस्थिती रहेको थियो ।
बर्सेनि लाग्ने मेलामा खुल्ला पुरुष तर्फ २२ र महिला फुटबल तर्फ ५ टिमको सहभागिता रहेको थियो साथै , छेलो हान्ने प्रतियोगिता पनि सम्पन्न भएको छ ।
आजभएको पुरुष तर्फको फाइनलमा लिसिबुङ ले आयोजकलाइ ३-१ गोलले पराजित गर्दै उपाधि जितेको छ ।

त्यस्तै महिला तर्फको फाइनलमा इङ्नाम इवाहाङले पोखरि माबि लाइ १-० गोलले पछिपार्दै उपाधि हासिल गरेको हो ।
पुरुष तर्फको बिजेताले नगद रु ५०,००० र उपविजेताले ३०,००० र ट्रफि,मेडल प्रप्त गरेको छ । महिला तर्फको बिजेताले रु १५,००० उपविजेताले रू १०,००० र ट्रफि मेडल प्राप्त गरेका छन्






प्रतिकृया दिनुहोस