फेदाप पोक्लाबाङ लिम्बुवान मेला २०८२ असोज २६ गतेदेखि सन्चालन हुदै ..........
सुजन ढकाल
तेह्रथुमको फेदाप गाउँपालिका–१, सिम्ले पोक्लाबाङ औँशी बजारमा यस वर्ष पनि भव्यताका साथ फेदाप पोक्लाबाङ लिम्बुवान मेला २०८२ आयोजना हुने भएको छ।
पोक्लाबाङ बजार व्यवस्थापन समितिको आयोजना तथा फेदाप गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने मेलामा खुला पुरुष फुटबल, महिला फुटबल, डबल ब्याडमिन्टन प्रतियोगिता, खुला धान नाच, विभिन्न बहुसांस्कृतिक प्रस्तुति तथा अन्तिम दिन खुला लोक दोहोरी कार्यक्रम समावेश हुनेछन्।
उद्घाटन: असोज २६ गते बिहान ११ बजे
खेल प्रारम्भ: असोज २७ गतेदेखि
सांस्कृतिक कार्यक्रम: कार्तिक ४ गते बिहान १० बजे
समापन तथा पुरस्कार वितरण: कार्तिक ५ गते
पुरुष फुटबल प्रतियोगितामा २४ टिम सहभागी हुनेछन्।
इन्क्ट्री शुल्क: पुरुष फुटबल रु. ५,५००, महिला फुटबल रु. १,५००, डबल ब्याडमिन्टन रु. १,०००।
पुरुष फुटबलतर्फ प्रथम हुने टोलीले रु. २,३३,३३३ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय टोलीले रु. १,५५,५५५ सहित पुरस्कार पाउनेछन्।
महिला फुटबलतर्फ प्रथम टोलीलाई रु. ५०,००० र द्वितीय टोलीलाई रु. ३०,००० सहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिनेछ।
डबल ब्याडमिन्टन (Category–B र C) मा प्रथमलाई रु. १५,००० र द्वितीयलाई रु. १०,००० नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
मेलाका सम्पूर्ण खेल गतिविधि तथा प्रमुख क्षणहरू मेरो गन्तव्य स्पोर्ट्समार्फत प्रत्यक्ष प्रशारण गरिने आयोजक समितिले जनाएको छ।
पोक्लाबाङ बजार व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले भने,
“मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। खेल तथा सांस्कृतिक कार्यक्रमले यस वर्ष पनि स्थानीय उत्साह र सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरेका छौँ।”





प्रतिकृया दिनुहोस