२०८१ जेठ, ४ शुक्रबार

बसन्त थपलीयाद्वारा शारदा मा.वि. चुहानडॉडामा २ लाखको अक्षयकोष स्थापना

कक्षा ११ मा उत्कृष्ट हुनेले छात्रवृति पाउँने

तुलसी सिटौला(आठराई)

तेह्रथुमको आठराई गाउँपालिका वडा नं ६ चुहानडाडॉ स्थित शारदा मा.वि. मा बसन्त थपलीयाले रू २ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।आठराई गाउँपालिका वडा नं.-६ घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएकी थपलियाले आफ्ना स्व. आफन्तहरु राम प्रसाद, सितादेवी,वेदप्रकाश, सन्जिव र सरस्वता थपलीयाको  स्मृतिमा अक्षयकोष स्थापना गर्नु भएको हो  । 

अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष कक्षा ११ मा सर्वोकृष्ट हुने एक जनाले  छात्रवृति प्राप्त गर्नेछ ।

शुक्रबार आठराई गाउँपालिका अध्यक्ष श्री दिलकुमार पाहिमको रोहवरमा दाता बसन्त थपलीयाले विद्यालयका प्र अ भीम ब आचार्य र वि व्य स अध्यक्ष जगत ब. थपलीयालाई अक्षयकोषको  रकम हस्तान्तरण गर्नु भएको हो ।अक्षयकोषको हकलाला समाजसेवी कृष्ण प्रसाद थपलीया र उहॉकी भाउजु बसन्त थपलीया रहने गरी कारार गरिएको छ ।

 रकम हस्तानतरण कार्यक्रममा नेपाल शिक्षक महासँघ तेह्रथुमका अध्यक्ष अविनारायण पराजुली, नेपाल शिक्षक संघ आठराईका अध्यक्ष रमेशप्रसाद ढकाल, राजनीतिज्ञ एवम् समाजसेवी भोलानाथ काफ्ले, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद खनाल, प्रा.स. वीरेन्द्र कन्दङ्वा लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै