२०८१ जेठ, ४ शुक्रबार

दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङकपको दोस्रो दिन तीन खेल सम्पन्न

तेस्रो दिन पनि तीन खेल सन्चालन गरिने

तुलसी सिटौला (आठराई)

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं २ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाक्री गुफामा फागु १८ गते देखि सन्चालन शुरू भएको दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङ कपको आज दोस्रो दिन खुल्ला पुरूष फुटबल तर्फका ३ खेल सम्पन्न भएका छन । आज भएको पहिलो खेलमा निवारे एफ सी ह्वाकुलाई शुन्यका विरूद्ध २ गोलले पराजित गर्दै आठराई गाउँपालिका क्वाटर फाइनलमा पुगेको छ । त्यस्तै दोस्रो खेलमा पाक्तिन एफ सी लाई ३-१ गोल अन्तरले पराजित गर्दै वडा नं ४ इवा क्वाटर फाइनल पुगेको हो ।

तेस्रो तथा अन्तिम खेलमा निर्धारीत समयमा वजा नं ६ चुहानडॉडाका खेलाडीहरु खेल मैदानमा उपस्थित नभए पछि नेट गोल गर्दै नव कोपिला खाम्लालुङ क्वाटर फाइनलमा पुगेको हो ।

फागुन २० गते पनि पुरूष तर्फकै ३ खेल सन्चालन हुने मेला व्यवस्थापन समितिका अध्यक्ष शेखर ढुंगेलले जानकारी दिनु भयो । भोली हुने पहिलो खेल शितल छहारी युवा क्लब थोक्लुङ vs प्रगतिशिल तमु समाज ह्वाकू बिच बिहानको १० बजे हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै दोस्रो र तेस्रो खेल क्रमश फेदाप ५ इशिबु vs क्रेजी टाइम रेस्टुरेन्ट र फेदाप गाउँपालिका vs लुङभित्ता कृषि सहकारी संस्था बिच हुनेछ । 

दोस्रो आठराई गाउँपालिका अध्यक्ष रनिङकपमा खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता,खुल्ला गाउँपालिका स्तरीय पुरूष भलिबल प्रतियगिता र आमन्त्रित साँस्कृतिक कार्यक्रम साथै राष्ट्रिय स्तरका गायक गायिकाको प्रस्तुति समेत रहने  छ ।

 मेला व्यवस्थापन समितिको आयोजना तथा आठराई गाउँपालिकाको आर्थीक सहयोगमा फागुन २५ गते सम्म सन्चालन हुने प्रतियोगिता अन्तर्गत खुल्ला पुरूष फुटबल तर्फ प्रथम हुनेले रू १ लाख ५० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले रू १ लाख सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै खुल्ला महिला फुटबल तर्फ प्रथम पुरस्कार रु ६० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ४० हजार ट्रफी मेडल र प्रमाण पत्र र खुल्ला गाउँपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको विजेताले ८० हजार सहित रनिङ ट्रफी मेडल र प्रमाण पत्र उपविजेताले ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत धान नाच तर्फ प्रथम पुरस्कार रु १५ हजार र दोस्रो पुरस्कार रू १० हजार तोकिएको छ । आमन्त्रीत नृत्य प्रतियोगिता तर्फ प्रथम हुनेले १५ हजार,द्वितिय हुनेले १० हजार र तृतियले रू ५ हजार प्राप्त गर्नेछन ।

खुल्ला पुरूष तथा महिला रनिङ कप फुटबल,खुल्ला पालिका स्तरीय पुरूष भलिबलका  साथै फाल्गुन २४ गते वृहत आमन्त्रित सॉस्कृतिक कार्यक्रम हुने भएको छ ।वृहत सॉस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने बताईएको छ । 

जसका लागि गायक सुगम पोख्रेल, गायिका एलिना चौहान,बाल गायिका रुक्सना लिम्बु र मोडेल तथा हास्य कलाकार पुष्पान्जलि तिलिङ लिम्बु (चाप्पेतिको आमा) साथै कार्यक्रम प्रस्तोता सम्झना योङहाङ आउँने गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै