२०८१ बैशाख, २० बिहीबार

तेह्रथुम बहुमुखी क्याम्पसको आयोजनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

 तेह्रथुम  चैत्र  २६ 

तेह्रथुम बहुमुखी क्याम्पसको आयोजना एवम् आठराई गाउँपालिकाको सहयोग तथा संयोजनमा समुदाय सहयोग कार्यक्रम (Extension Activities) अन्तर्गत सोमबार आठराई गाउँपालिका वडा नं. ४ र ५ का माझी समुदायमा निःशुल्क स्वास्थ्य शिविर (Health Camp )  सम्पन्न भएको   छ ।  उक्त शिविरमा ७५ बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।

 स्वास्थ्य शिविर कार्यक्रमको  उद्घाटन आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले गर्नुभएको हो ।कार्यक्रमका अध्यक्ष तथा  क्याम्पस प्रमुख पोष्टराज लामिछानेले क्याम्पसको  आफ्नो सामाजिक उत्तरदायित्व तथा समुदाय सहयोग क्रियाकलाप  अन्तर्गत विभिन्न  कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले समुदायसँग विभिन्न विषयहरुमा सहकार्य गर्दै , समुदायका भावनालाई कदर गर्दै भावी दिनमा समेत  यस्ता कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

  विपन्न, अल्पसंख्यक समुदाय,विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाको स्वास्थ्यलाई महत्व दिएर यस किसिमको कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । 

आठराई गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य समस्यालाई निराकरण गर्न  क्याम्पसले आयोजना गरेको स्वास्थ्य शिविरमा पालिकाले सहयोग गरिएको  र स्वास्थ्य शिविरमा ७५ जनाले उपचार तथा परामर्श लिएका आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले  जानकारी दिनुभयो  । शिविरमा विरामीहरुको जाँच, परार्मश तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।  प्राथमिक स्वास्थ्य केन्द्र सकान्ति बजारबाट डा. आयुष मिश्र सहित स्वास्थ्य कर्मीको समूहले सेवा प्रदान गरेको हो।

नौले आधारभूत विद्यालयको प्राङ्गणमा शिविर बिहान ७:३०बजेदेखि दिउँसो  १२ बजेसम्म  सञ्चालन भएको थियो।   शिविरमा  आठराई  गाउँपालिका उपाध्यक्ष बलिराज इङनाम ,४ नं वडाका वडाध्यक्ष खगेन्द्र गुरुङ , स्वास्थ्य  शाखा प्रमुख शत्रुधन शाह  लगायत तेह्रथुम बहुमुखी क्याम्पसका प्राध्यापक  कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै