२०८१ बैशाख, २५ मंगलबार

तेह्रथुमको आठराईमा ३ वटा सामुदायिक स्वास्थ ईकाई थपियो

आज डॉडागाउँ सामुदायिक स्वास्थ्य इकाइको गरियो उद्घाटन

सविन विकल्प (आठराई)

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले जनताहरूलाई स्वास्थ्यको सहज पहुँच पुर्याउँनका लागि आर्थीक वर्ष २०८०/८१ मा ३ वटा सामुदायिक स्वास्थ्य इकाइ थप गरेको छ ।गत वर्ष पनि छातेढुंगाको टुडिखेल र खाम्लालुङको पाक्तिनमा दुइ वटा सामुदायिक स्वास्थ्य इकाइ थप गरिएको थियो । बुधबार गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमले वडा नम्बर १ संक्रान्तिबजार डाँडागाउँमा सामुदायिक  स्वास्थ ईकाई उद्घाटन गर्नु भयो । बिहीबार र शुक्रबार ह्वाकू र इवामा उद्घाटन गरीने पाहीमले जानकारी दिनुभयो ।

सामुदायिक स्वस्थ इकाई उद्घाटन गरेसँगै आजैबाट स्वास्थ्य सेवा प्रदान शुरू गरिएको छ। 

सामुदायिक स्वास्थ्य इकाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आठराईका जनतालाई स्वास्थ्य सेवाको सहज पहुच पुर्याउँनका लागि आवल्यकता अनुसार आठराईका विभिन्न ठाउँमा स्वास्थ्य इकाई स्थापना गरी नेपाल सरकारबाट प्रदान गरीने ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुने गाउँपालिका अध्यक्ष दिलकुमार पहिमले बताउनु भयो । 

सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आए सँगै डॉडागाउँ, मुसेगैरा, पुरानागाउँ,खेलपुर र लिसिबुङका  बासिन्दाहरु हर्षित भएकाछन। तीन घण्टा पैदलयात्रा गर्नु पर्ने वाध्यता हटेको भन्दै खुसी व्यक्त गरे । 

स्वास्थ्य चौकी आफ्नै भवनबाट सेवा दिने गरी जेष्ठ नागरिकहरुलाई चेकजाँच गरी स्वास्थ्य सेवा सुरु गरेको वडा नं १ का  अध्यक्ष प्रेमराज फोम्बोले बताउनु भयो।

सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रम १ नं वडाका अध्यक्ष प्रेमराज फोम्बोको अध्यक्षता, गाउँपालिका अध्यक्ष्य दिलकुमार पाहिमको प्रमुख आतिथ्यता,पालिका  उपाध्यक्ष बालिराज ईङ्नामको विशेष आतिथ्यता,३ नं वडाका वडा अध्यक्ष बुद्धि गुरुङको अतिथ्यता, स्वास्थ्य स्वयमसेविका, विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, स्थानिय समाजसेवी तथा बुद्धिजिवीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै