२०८१ बैशाख, २५ मंगलबार

जंगलमा लागेको आगो बस्तीमा पस्दा तेह्रथुमको आठराई ७ थोक्लुङमा ६ घर जलेर नष्ट

आगलागीका कारण बुधबार तेह्रथुमको आठराई गाउँपालिका वडा नं ७ थोक्लुङ रानीचौताराका फुसको छानो भएका ६ घर जलेर नष्ट भएका छन । आहालटार सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछी मानिस बसोबास गर्दै गरेका दुइ र खाली ४ घर सहित छ घर जलेका हुन । 

 देबी प्रसाद भट्टराई बस्दै आएको याम नाथ फुएल र बेदचार्य भट्टराईको घर जलेका हुन भने खाली घरहरूमा रेवती रमण धमला,डिल्ली विक्रम फागो,होमनाथ पराजुली र पुष्प फुएलका घरहरू जलेर नष्ट भएका हुन । 

आगलागीबाट मानिस बसोबासगर्दै गरेका दुइ घरमा अन्नपात गरगहना लत्ताकपडा सहित करीब  ६ लाख ६० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रमुख बद्री दाहालले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै